प्रेस चौतारी लमजुङको अध्यक्षमा कृष्णबहादुर आले

लमजुङ, १ माघ/प्रेस चौतारी नेपाल लमजुङको अध्यक्षमा कृष्णबहादुर आले सर्वसम्मत चयन भएका छन् । प्रेस चाैतारी शुक्रबार सम्पन्न साताैँ जिल्ला अधिवेशनले आलेकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।आले नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान उपाध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष पनि हुन् ।उपाध्यक्षमा सुरज गुरुङ, महिला उपाध्यक्षमा बेलिना थापा चयन भएका छन् । सचिवमा सरोज विश्वकर्मा, सहसचिवमा मिनराज परियार र राजन परियार र कोषाध्यक्षमा श्रीकला भण्डारी निर्विरोध भए ।

सदस्यमा सिताराम बसेल, सन्तोष श्रेष्ठ, मनोज विक, एलिसा श्रेष्ठ, सुमीत्रा भुजेल, सुनीता भुजेल, विपना तामाङ, शम्भु परियार र अनिल परियारलाई सर्वसम्मत रुपमा भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अनुज अधिकारी, अन्जनकुमार हिमाली, सरला अधिकारी र अञ्जु गुरुङलाईए चयन गरेको छ । प्रदेश प्रतिनिधिमा बसन्त अधिकारी र कुमार पौडेललाई चयन गरिएको छ ।

२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालित लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज
लमजुङ, १ माघ/२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएको छ ।नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार २२ पुसमा बसेकाे नेपाल विद्युत प्राधिकरणको बोर्डको बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गतको लमजुङ विद्युत उपभोक्ता संस्थासँग भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता रद्द गरेको हो ।

उनका अनुसार यसअघि सामुदायिक ग्रामीण विद्युतिकरण निर्देशक समितिको ४ पुसकाे १३५औँ बैठकबाट निर्णय अनुसार कार्य सम्पन्न गर्ने गरी निर्णय भएको थियो । प्रादेशिक कार्यालय पोखरा मातहत लमजुङ वितरण केन्द्र अन्तर्गत रहेको उपभोक्ता संस्थाको सम्झौता रद्द गरी नेपाल विद्युत प्राधिकरणबाट विद्युत सेवा सञ्चालन हुने भएको हो ।

बैठकले संस्थाको मातहतमा रहेका विद्युतीय संरचना तथा जनशक्ति प्राधिकरणमा हस्तान्तरण गर्ने सम्बन्धमा व्यवस्थापनबाट अध्ययन गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । संयुक्त मिटर रिडिङ गर्ने दिनसम्मको सम्पूर्ण विद्युत महसुल लगायत विद्युत उपभोक्ता संस्थाबाट प्राधिकरणलाई बुझाउनुपर्ने सम्पूर्ण बक्यौता रकम वितरक संस्थाबाट असुल उपर गर्ने गरी निर्णय भएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले बताइन् । २०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाको करिब ३५ हजार भन्दा बढी ग्राहक रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।