इलामको माईबेनीमा धुमधामका साथ मकर मेला

मङ्गलबारे, २ माघ (रासस) ः इलामको माईबेनीमा धुमधामका साथ मकर मेला लागेको छ । माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा परम्परागत रुपमा लाग्दै आएको बेनी मेला यस वर्ष पनि धुमधामका साथ लागेको हो ।

तीन दिनअघि देखि नै माईजोगमाई दोभानमा टहरा निर्माण भएर मेला सुरु भएको हो । विशेष गरेर यही माघ १ गते मकर नुहाउने र पाठपूजा गर्ने धर्मावलम्बीहरुको भीडभाड लाग्ने गर्दछ । मेला आज दिनभर नै लाग्ने जनाइएको छ ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने र नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक आस्था रहेको छ । इलामको माईजोगमाई गाउँपालिकामा पर्ने बेनीमा नेपालका विभिन्न ठाउँ तथा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

मेलामा स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुका साथै बजारमा तामा, प्लास्टिक लगायतका विभिन्न वस्तुहरु समेत बेच्न राखिएको हुन्छ । विशेषगरी स्थानीयवासीले उत्पादन गरेको रसिलो उखु, सुन्तला, तरुलको अत्यधिक व्यापार भएको छ । सो स्थानमा मेला लगाउने कार्य तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको पाइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖