निवेश यादव बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य

गौर, ४ माघ/रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।

२०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ ।

सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । दुई वर्षदेखि उनी भूगोल केन्द्रित राजनीतिमा सक्रिय छन् । उनले मदन भण्डारी मेमोरियल कलेजबाट मानविकी संकायमा उच्च माध्यमिक तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक गरेका हुन् । यादवले करिब चार वर्ष राष्ट्रियस्तरमा पत्रकारितासमेत गरेका छन् । एपीवान टेलिभिजनमा केन्द्रीय कार्यालयमा स्थापनाकालदेखि करिब दुई वर्ष संवाददाताको रूपमा काम गरेका यादवले न्युज २४ टेलिभिजन तथा हिमालय टेलिभिजनमा समेत काम गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारमा प्रभु साह सहरी विकासमन्त्री रहँदा यादव उनको प्रेस सल्लाहकार थिए । यादव पत्रकारिता छाडेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध भएका थिए । नेकपा विघटनपछि उनी एमालेमै रहे ।

एमाले केन्द्रीय संगठन विभागको प्रारम्भिक तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यसपटक जिल्ला अधिवेशनहरुबाट ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖