सुनसरीको भोक्राहा–नंरसिह ३ मा नेकपा एसका धिरेन्द्र यादव अध्यक्ष चयन

इनरुवा । सुनसरी भोक्राहा–नंरसिह ३ नम्बर वडाको नेकपा एकिकृत समाजवादीका अध्यक्षमा धिरेन्द्र यादव चयन भएका छन ।शनिवार भएको सयौको सख्याँमा उपस्थीत भएका मधेशी, मुस्लीम, आदिवासी जनजाती, महिला, दलित, जेष्ठनागरिक, युवा विद्यार्थीलगायतको वडा भेलाले धिरेन्द्रकुमार यादवको अध्यक्षतामा ७५ सदस्य वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बिष्णुदेव खत्वे, रमानन्द मण्डल सचिवमा मोहनकुमार खत्वे, उपसचिवमा गितादेवी खत्वे र शिवकुमार खत्वेसहित ७५ जनाको कार्यसमिती चयन भएको हो ।

यसैगरि सोही भेलाले गितादेवी खत्वेको अध्यक्षतामा अनेमसंघ समाजवादीको ५१ सदस्य भोक्राहा–नंरसिह गाउ कमिटी गठन गरेको छ । वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सीनाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

वडा भेलामा वक्ताहरुले सुनसरीमा नेकपा एसमा देखिएको जनलहरले आगामी दिनमा हुने स्थानिय तह, प्रदेशसभा र संद्यिय संसदको निर्वाचनमा यस क्षेत्रबाट कलम चिन्ह लिएका उम्मेदवारलाई अनुमोदित गर्ने गरि नेकपा एसको संगठन निमार्ण, परिचालन र जनताका घर घरमा नेकपा एसलाई स्थापित गराउन सवै तह र तप्काको साथ सहयोग समर्थन बढदै जानुले नेकपा एस सशक्त दलका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

वडा भेलामा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द निरौला, केन्द्रिय प्रतिनिधि परिषद सदस्य डा सिएन पाठक, प्रदेश सदस्यहरु किरण कार्की, तिर्थ अधिकारी, ब्रहमदेव यादव, सुनसरी प्रचार विभाग प्रमुख राजेन्द्र पोखरेल, जिल्ला सदस्य कल्पना पोखरेल तिम्सीना, गाउँ कमिटी अध्यक्ष जावेद आलमलगायतले बोलेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖