९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

खोटाङ, ९ माघ /खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले नाै पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको छ । आफ्नो तेस्राे वार्षिकोत्सवको असरमा पत्रिकाले जनही १५ हजार राशीका पुरस्कार प्रदान गरेको हो ।

प्रेमबहादुर राई-हीरामाया राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट पत्रकार उजुर राई, स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट भीम राई, स्वर्गीय हिमालसेर राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट डम्बरसिंह राई, हलेसी तुवाचुङ नगरपालिका तुवाचुङ साप्ताहिक पुरस्कारबाट दिलिप खत्री, स्वर्गीय इन्द्रसेर राई-गउनसरी राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट हरिबोल आचार्य पुरस्कृत भएका छन् ।

रुनिशा राई-तुवाचुङ साप्ताहिक पुरस्कार सुरेन्द्र चालिसे (रामेछाप), भर्तसेर राई-रणकुमारी राई-तुवाचुङ साप्ताहिक मातृभाषा पुरस्कार तिलक चाम्लिङ, स्वर्गीय राजकुमार राई तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार टिवन राई र देवान राई-सतिसरा राई तुवाचुङ साप्ताहिक पुरस्कार सर्मिला विश्वकर्मालाई प्रदान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दिपेन्द्र राईले बताए ।

स्वर्गीय जसमाया राई तुवाचुङ साप्ताहिक शैक्षिक पुरस्कारबाट प्रअ नवीन चाम्लिङ, तुवाचुङ मारातिका यातायात प्रालि–तुवाचुङ साप्ताहिक पुरस्कारबाट पवन चाम्लिङ राई, स्वर्गीय कृष्णध्वज राई–तुवाचुङ साप्ताहिक पुरस्कारबाट सुजन राई र चन्द्रबहादुर गिरी–तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कारबाट राकेश परियारलाई पुरस्कृत गरिएको छ । होटल हलेसी भिलेज, हलेसीमा शनिबार आयोजित तेश्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य डिल्ली चाम्लिङले पुरस्कृत व्यक्तित्वलाई खादा ओढाएर जनही १५ हजारका साथमा प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖