१५ सय परिवारका लागि सुनकोसी लिफ्टिङ खानेपानी योजना, लागत २४ कराेड

उदयपुर, ९ माघ/उदयपुरको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानीको चरम अभाव झेलिरहेकोमा अब भने खानेपानी पाउने आशा पलाएको छ ।

सुनकोसी लिफ्टिङ खानेपानी योजना निर्माण हुने भएपछि आशा पलाएको हो । कटारी नगरपालिकाको दुर्गभ भेगमा रहेको वडा नम्बर ९, १०, ११, १२, १३ र १४ वडाबासीले खानेपानीको समस्या भोग्दै आएका छन् । ती वडामा बसोबास गर्ने वडाबासीले खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाले वडा नम्बर ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा सुनकोसीको पानी लिफ्टिङप्रणालीमार्फत पानी तानेर गाउँमाथि रिर्जब ट्यांकी निर्माण गरी पाइपमार्फत घरघरमा पानी पुर्‍याउने लक्ष्य लिइएकाे छ।

कटरी नगरपालिकाका ६ वटाका करिब १ हजार ५ सय घरधुरीले अहिलेसम्म खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले करिब २४ करोड लागतको खानेपानी योजना निर्माण गर्न लागेकाे हाे ।

सो खानेपानी योजनाले १ हजार ५ सय घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको योजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जब ट्यांकी राखिने छ । पहिलो वडा नम्बर १४ घुर्मिको सुनकोसी नदीबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाइलो डाँडामा रिजर्ब ट्यांकीमा राखिने छ । दाेस्राे वडा नम्बर १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा ट्यांकी राखी पानी वितरण गरिने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर मगरले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।