तेह्रथुममा तपाइको मास्क खै ? कार्यक्रम

तेह्रथुम, ९ माघ/कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान संचालन गरेकाे हाे ।

बजार क्षेत्रमा मास्किवना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बजार क्षेत्रमा सचेतनालाई अटेर गरी हिड्ने एक सय ३० जनालाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिपछि १४ माघसम्म अत्यावश्यकबाहेकका काम स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । जिल्लाको लालीगुराँस नगरपालिकामा पनि कर्मचारीहरूमा संक्रमण देखिपछि यही १३ माघसम्म अत्यावश्यक बाहेकका काम बन्द गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।