चुनावको तयारी सम्पन्न
हेटौँडा, ११ माघ ।राष्ट्रियसभा चुनावको लागि यहाँको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ ।
सो चुनावमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रियसभा चुनावमा पनि गठबन्धन बनाएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना उम्मेदवार अघि सारेको छ । कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यमापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै राष्ट्रियसभा चुनावमा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डको सूची सार्वजनिक गरिसकेको छ ।
यो पनि पढ्नुहोस…काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पुष्पकमल दाहाल र माधवकुमार नेपालको रणनीतिमा बेरिएपछि कांग्रेस पार्टीको भविष्यलाई लिएर गम्भीर चिन्तन सुरु भएको छ । दाहाल र नेपालको राजनीतिक भविष्य सुरक्षित गरिदिन देउवाले सिंगो कांग्रेसलाई नै बलि चढाउन लागेको निष्कर्ष धेरै नेता तथा शुभेच्छुक र कार्यकर्ताहरुले निकालेका छन् ।कांग्रेसभित्रै पनि इतर खेमा मात्र होइन, संस्थापन खेमामा समेत सभापति देउवाले स्थानीय तहको चुनाव पर धकेलेर लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पार्न लागेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।
त्यसैले वैशाखभित्रै चुनाव हुनुपर्नेमा कांग्रेसभित्र बलियो मत छ । अहिले एमाले फुटेका बेला तत्काल चुनावमा जाने हो भने मात्र कांग्रेस देशको पहिलो पार्टी बन्ने र देउवा सरकारमा जति धेरै समय बस्छन् उति नै बदनाम हुने भएकाले पार्टीको मत घट्ने कांग्रेस नेताहरुको बुझाइ छ ।यति मात्र होइन, लोकतन्त्रका आधारभूत मूल्यविपरीत स्थानीय चुनाव टार्न खोजेको र यससम्बन्धी निर्णय लिँदा पनि एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले व्यापक असन्तुष्टि पोखेको छ । सो समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने भन्दै पार्टीमा दबाब बढाउन विशेष अभियान नै चलाउने भएको छ । शेखर पक्षको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले आक्रोश पोखेका थिए ।
कांग्रेसलाई समेत असर गर्ने र राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयमा गठबन्धन निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्नेमा त्योसमेत नगरेकोमा धेरै नेताले आक्रोश व्यक्त गरेका थिए ।‘निर्वाचन सार्नेजस्तो विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्छ । तर यहाँ त पार्टीमा छलफल नै नगरी गठबन्धनका नेताहरुसँग छलफल गरेर उनीहरुकै स्वार्थ र रणनीतिमा निर्णयमा पुग्ने काम भएको छ,’ नेताहरुको भनाइ थियो, ‘अब माओवादी र एकीकृत समाजवादीको पाप बोकेर कांग्रेस थप अगाडि बढ्न नसक्दैन । चुनावमा पनि यिनीहरुलाई बोकेर जान सकिँदैन । तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनुपर्छ ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन गठबन्धनको आवश्यकता रहे पनि अब नयाँ जनादेशमा जानका लागि कम्युनिस्टका कनिका बोकेर जानु नपर्ने नेताहरुको राय थियो ।बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, रामशरण महतलगायतको सहभागिता थियो । देउवालाई गठबन्धन घटकका गलत स्वार्थको गोटी बन्न नदिन पार्टीभित्रैबाट नियन्त्रण गर्नुपर्ने र घेराबन्दी बढाउनुपर्ने निष्कर्षमा कांग्रेसका नेताहरु पुगेका छन् ।
त्यसो त महाधिवेशनमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि र सशांक कोइरालाजस्ता नेताहरूले गद्दारी गरेका कारण पनि देउवाको मनोमानी बढेको हो । रामचन्द्रलाई सर्वसम्मत बन्न नदिन प्रकाशमान सिंह र सशांक कोइरालाले सभापतिमा दाबी गरेका थिए । यही कारण उनीहरुले अन्तिम समयसम्म दाबी छाडेनन् पनि । त्यस्तै संस्थापनलाई विभाजित र देउवालाई कमजोर देखाउन विमलेन्द्र निधिलाई अगाडि सारिएको थियो । त्यो कुन शक्ति थियो भन्ने बिस्तारै खुल्दै जाला । प्रकारान्तरले यो कांग्रेसलाई समाप्त पार्ने खेलअन्तर्गत भएको थियो ।यदि इतर खेमाबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि र सशांक कोइरालाजस्ता नेताहरूले गद्दारी नगरेका भए दोस्रो पुस्ताबाट शेखर कोइराला सभापति बन्थे ।
अहिले प्रधानमन्त्री प्रकाशमान सिंह हुन्थे भने रामचन्द्र आउँदो चुनावपछि राष्ट्रपतिको पदमा बिराजमान हुन्थे । सशांक कोइराला सम्मानीत नेता भएर बस्न पाउँथे । तर आफैभित्रबाट गद्दार नेताहरु निस्किएपछि अहिले कोइराला खेमालाई देउवाको स्वेच्छाचारितामा अंकुश लगाउन कठिन भएको छ ।अहिले देउवाले प्रचण्ड र माधवको लहैलहैमा लागेर पार्टीलाई बदनाम बनाउन लागेको देखेर भने धेरै संस्थापनकै नेताहरु समेत रुष्ट भएका छन् । तिनको समेत आवाजलाई साथमा लिएर शेखर कोइराला अघि बढे भने देउवाको प्रधानमन्त्रित्व मात्र होइन,यो गठबन्धनको अस्तित्व पनि समाप्त हुनेछ । देश चुनावमय हुनेछ । प्रचण्ड र माधवजस्ता लोकतन्त्रका कसिंगर बढारिनेछन् । एमाले र कांग्रेस देशका प्रमुख दुई शक्तिका रुपमा रहनेछन्


