भ्वाइस अफ किड्सकी पेमाको “गरिबको फाटेको चोली”

धनकुटा । भ्वाइस अफ किड्सकी प्रतिभाशाली प्रतियोगि दार्जिलिंगकी पेमा दिछिन तामांगको स्वरमा रहेको “गरिबको फाटेको चोली” बोलको गीतको सार्बजनिक भएको छ ।

अनम उपेक्षितको शब्द रचना र नविन संघर्षको संगीतमा रहेको उक्त गीत स्टुडियो किंगको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

थोरै समयमा दर्शकको अपार माया बटुल्न सफल उक्त गीतलाई एरेन्ज,मिक्सिंग र मास्टरिंग राजु कार्कीले गरेका छन् ।

सुरेश राई र मनोज सांग्सोन राईले स्टुडियो किंगमा रेकर्ड गरेको यस गीत प्रोडुसर सुनिता राई रहेका छन् भने गीतको भिडियो जस्केलो क्रियशनले तयार गरेको छ ।

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता
मनाङ, १३ माघ (रासस) : केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।

प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖