चिसो र हुस्सुका कारण जनजीवन कष्टकरः कोरोना सङ्क्रमण पनि बढ्दो

हरिकुमार राई/उदयपुर, १४ माघ (रासस)ः केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयवासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

केही दिनयता बढेको अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका अतिगरिब तथा विपन्न समुदायको जनजीवन नराम्ररी प्रभावित बनेको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा आगो बाल्न थालिएको छ । न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ । केही दिनयतादेखि जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहलसमेत घटेको छ

चिसो हुस्सुका कारण जनजीवन प्रभावित भइरहेकै बेला उदयपुरमा कोरोना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार एक हप्ताभित्र मात्र जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । एक हप्ताअगाडि जिल्लामा सङ्क्रमितको सङ्ख्या २३७ जना थियो भने बिहीबारसम्ममा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाको आठवटा पालिकामा समुदायस्तरमा नै कोरोना भाइरस सङ्क्रमण वृद्धि हुँदै गइरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताउनुभयो ।

दैनिक चिसो र हुस्सु बढेपछि जिल्लाको ग्रामीण भेगका जनताको जनजीवन पनि निकै कष्टकर हुँदै गइरहेको बेला कोराना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गइरहेको सरोकारवाला बताउँछन् । चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण यहाँको जनजीवन प्रभावित भइरहेको बेला चिसो र हुस्सुका कारण गाउँलेहरु घरभित्र आगो बालेर न्यानो लुगामा बस्न बाध्य हुने गरेका छन् ।

यस क्षेत्रमा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण गाउँघर सबै अन्धकारमय जस्तै देखिने गरेको बताइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् । जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डी गढी नगरपालिकासहित कटारी नगरपालिका र बेलका नगरपालिकाका क्षेत्रका तराईका भू–भागहरुमा चिसो र हुस्सुका कारण एक हप्तायतादेखि जनजीवन नराम्ररी प्रभावित भएको त्यस क्षेत्रका स्थानीयवासी बताउँछन् । त्रिय्ुगा नगरपालिका–१ जोगिदहका स्थानीयवासी श्रीकान्त चौधरीले भन्नुभयो, “एक हप्तादेखि अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तुहरु जङ्गल चराउन लान समस्या भइरहेको छ, दिनको १ बजेसम्म चिसोले जनजीवन प्रभावित बनाउने गरेको छ, बेलुकी ५ बजेदेखि नै हुस्सु सुरु हुँदा हिँड्डुल र आवतजावतमा समेत समस्या छ ।”

अस्पतालमा समेत चिसोका बिरामीहरु आउन थालेका छन् । कोभिडका कारण मास्कको प्रयोग र घरबाहिर ननिस्कने बानीले विगतमा जस्तो दम, निमोनिया, पखालाका बिरामीहरुमा केही कमी आएको भएपनि विगत केही दिनयतादेखि चिसोका बिरामी उपचारका लागि अस्पताल आउने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार चिसो एकदमै बढेको छ । यस्तो अवस्थामा एकदमै सजग हुनुपर्छ । चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, बृद्धबृद्धा, महिला तथा बालबालिकालाई न्यानोमा राख्न आवश्यक छ ।

एकातिर अत्यधिक चिसो बढेर गइरहेको छ भने अर्कातिर कोरोना भाइरस सङ्क्रमण पनि दिनानुदिन तीव्र रुपमा वृद्धि हुँदै गएका कारण अहिले यस क्षेत्रका जनताको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।