नुहाउन महाकालीनदीमा जाँदा …

दार्चुला, १४ माघ । दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा ब,गेर बे,होस भएका युवकको मृ,त्यु भएको छ । आज दिउँसो नुहाउनका लागि नदीमा गएका व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृ,त्यु भएको हो । खलङ्गाको बङ्गाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । “उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौँ,” उहाँले भन्नुभयो, “अस्पतालले मृ,त घोषणा गरिसकेको हो ।”कुँवर महाकाली नदीमा बगेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । महाकाली नगरपालिका–४ मा उनी कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलङ्गा आएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस…गलकोट, १४ माघ। बागलुङमा सुविधासम्पन्न होटल थपिँदै गएका छन् । बागलुङमा थपिँदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकको आकर्षण बढिरहेको भए पनि कोरोनाका कारण अहिले समस्या छ । जिल्लामा सुविधासम्पन्न होटल तथा रेष्टुराँ खुल्ने क्रम भने जारी नै रहेको छ ।बागलुङमा पछिल्लो समय होटल रेड एप्पल, होटल दि राजन र सगुन होटल सञ्चालनमा आएसँगै अहिले जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधासम्पन्न ‘भिआइपी पर्यटक’होटल सञ्चालनमा ल्याइएको छ । बागलुङ बजारभन्दा अलि तल शान्त वातावरणमा डिलक्स कोठासहित कालिका मल्टिप्यालेस नामक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । उन्नाइस वर्षदेखि होटल व्यवसायमा जम्दै आउनुभएका अर्जुन चोखालले बागलुङ कालिका मन्दिर गेटमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको छ । पाँच वर्ष काठमाडौँको ठमेल र १४ वर्षदेखि बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आउनुभएका चोखालले कालिका मन्दिरमा आउने पाहुना लक्षित गर्दै ३५ बेड क्षमताको कालिका मल्टिप्यालेस सञ्चालनमा ल्याउनुभएको छ ।

विसं २०६५ बाट रु ४२ लाखको लागतमा बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आउनुभएका चोखालले होटल व्यवसाय फस्टाउँदै गएपछि कालिका मन्दिर गेटमा रु चार करोडको लागतमा कालिका मल्टिप्यालेस नामक होटल हालैदेखि सञ्चालनमा ल्याउनुभएको छ । कोरोना महामारीको समयमा होटल व्यवसायी समस्यामा पर्दै आए पनि दीर्घकालीन साेंचका साथ होटल व्यवसायमा करोडांै लगानी गरेको होटलका सञ्चालक अर्जुन चोखालले बताउनुभयो । चोखालले बागलुङ आएका पर्यटक बास बस्नकै लागि पोखरा पुग्ने अवस्थाको अन्त्य गर्न सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले बागलुङमा स्टार होटलको खाँचो रहेको बताउनुभयो । “होटल व्यवसायमा लागेको १९ वर्षको अनुभवले होटल व्यवसायको सम्पूर्ण आम्दानी होटल व्यवसायमै लागानी थप्दै गएको छु”, उहाँले भन्नुभयो, “ विसं २०७३ मा सञ्चालनमा आएको कालिका मल्टिप्यालेमा बस्ने व्यवस्था थिएन, अहिले ३५ बेड क्षमताको एसी डिलक्स कोठासहितको सेवा थप गरेको छु, मल्टिप्यालेसमा मात्रै रु चार करोड लगानी गरिसकेको छु ।”

देशका विभिन्न स्थानबाट कालिका मन्दिर दर्शन गर्न आउने तर राम्रो होटल नभएको भन्दै पोखरा फर्केर बस्ने परिपाटी रहेकाले मन्दिरको प्रवेशद्वारमा पर्यटक लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा बागलुङ पर्यटन विकास समितिका सचिवसमेत रहनुभएका चोखालले कालिका मल्टिप्यालेसले पाहुनालाई सन्तुष्टि दिने गरी होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।
जिल्लामा रिसोर्ट तथा स्टार होटलको अझै खाँचो रहेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । खड्काले ढोरपाटनमा सुविधासम्पन्न होटल नभएकै कारण विदेशी पर्यटक हेलिकोप्टर चार्टर्ड गरेर ढोरपाटन आउने जाने गर्ने गरेको बताउनुभयो । ढोरपाटन आएका पर्यटकले समेत ढोरपाटनमा सुविधासम्पन्न होटल नभएको भन्दै हेलिकोप्टर चार्टर्ड गरेर पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖