प्रदेश मन्त्री द्धय कार्कीलाई धनकुटा कांग्रेसले बुझायो मागपत्र

विराटनगर,१५ माघ । धनकुटाको विकास दिन प्रतिदिन खस्किदै गएको धनकुटामा चहलपहल हराउदै गएकाले धनकुटाको विकासका लागी नेपाली कांग्रेस धनकुटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई छुट्टा छुट्टै भेटघाट गरी माग पत्र विराटनगरमा आज बुझाएको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,प्रदेश सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई सहितको टोलीले धनकुटाको विकासका लागी आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीलाई छुट्टा छुट्टै माग पत्र बुझाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई नेपाली कांग्रेस धनकुटाको सभापती राई सहितको टोलीले धनकुटा जिल्लामा दिनप्रतिदिन तीव्र रुपमा कोरोना भाईरस महामारीको रुपमा फैलिदै गएकाले मन्त्रीको गंभीर ध्यानार्कषण गराउँदै धनकुटा जिल्लाका लागी प¥याप्त मात्रमा कोरोनाविरुद्धको खोप र स्वास्थ्य समाग्रीहरु उपलब्ध गराउन माग गरेको छ ।

यसैगरी धनकुटा जिल्लाका राष्टिय सहिद घोषणा गरिएका परिवारलाई सम्मान गर्दै तत्काल आर्थिक सहयोग उपलब्ध गराईयोस साथै सहिद परिवारका कम्तिमा एक जनालाई रोजगारको व्यवस्था गर्न माग गरेको छ ।

आन्तरीक मामिला तथा कानुन मन्त्री कार्कीलाई धनकुटा कांग्रेसले धनकुटामा रहेको प्रदेश नम्वर १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नम्वर १ को प्रहरी तालिम केन्द्र स्थापना गर्न र धनकुटा जिल्लामा प्रभावकारी रुपमा शान्ति सुरक्षा स्थापना गर्न धनकुटाको जिल्लाको पर्यटकीय स्थल सागुरीगढी गाउपालिकाको भेडेटार रहेको प्रहरी चौकी,धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिलेको हिले प्रहरी चौकी,महालक्ष्मी नगरपालिाकोको सदरमुमकाम जितपुरमा रहेको जितपुर प्रहरी चौकी र पाख्रिवास नगरपालिाकाको सदरमुकामको पाख्रिवास प्रहरी चौकी लाई स्तर उन्नती गरी ईलाका प्रहरी चौकी बनाउन र सागुरीगढी गाउपालिकाको आहालेको चादी बजारमा प्रहरी चौकी स्थापना माग गरेको छ ।

धनकुटा जिल्ला सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी ६ नम्वर गुल्मलाई स्तरउन्नती गरी गण बनाईयोस । साथै धनकुटा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर क को राजारानीमा र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर ख को पाख्रिवास र जितपुरमा सशस्त्र प्रहरी बलको युनिट स्थापना गर्न र अत्यन्तै जोखिम रहेको धनकुटाको मुलघाटमा रहेको सशस्त्र प्रहरी बलको विपत उद्यार युनिटलाई उद्यार गर्नेका लागी विपतसंग सम्वन्ध विभिन्न समाग्रीहरु उपलब्ध माग गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा जिल्लामा बाढी पहिरोबाट क्षती भएका घर परिवार र मृ त्यु भएका परिवारहरुलाई थप राहत उपलब्ध गराउन र ।धनकुटा जिल्लाका गत बर्ष र यस बर्ष असिनापानी बाट छथरजोरपाटी,महालक्ष्मी,धनकुटा नगरपालिकाका लगायतका विभिन्न क्षेत्रहरुमा व्यापक रुपमा बन्द कोपी,कोपी,मोटरकोसा,आलु लगायतका तरकारीहरु क्षेती भै कृषकहरुको कडरौ रुपैयाको क्षती भएकोले कृषकहरुलाई तत्काल राहत प्रदान गरियोस ।साथै हावाहुरी,असिनापानी र अविरल बर्षाका काररण आएको बाढी पहिरोबाट क्षती भै घरवाहर विहिन भएका धनकुटाका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न मन्त्री कार्की समक्ष धनकुटा कांग्रेसले माग गरेको छ ।

यसैगरी प्रदेश नम्वरकै धनकुटामा नमुना कारागार निर्माण कार्यको शुरुवात गर्न साथै महालक्ष्मी नगरपालिकाको वडा नं. २ को नेवार गाउमा अस्थायी प्रहरी चौकी स्थापना गर्न र धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. ८ याक्ते,सहिदभूमी गाउपालिक वडा नं. ७ गैरी टोल र सागुरीढी गाउपालिका वडा नं. ६ को मजुवाको ,पाख्रिवास नगरपालिका वडा नं. १ कुल वहादुर थापा सहितको तल्लो सान्ने पिपल बोट टोलको चार वटा घर पहिरोबाट विस्तापित परिवारलाई स्थानान्तरण गर्न केन्द्रबाट बजेट बिनियोजित भै आईसकेको र प्रदेश सकारबाट पठाउन बाकी भएकाले प्रदेश सरकारबाट पठाउन बाकी रकम अभिलम्ब पठाई बसोवासको व्यवस्था गर्न मन्त्री कार्की समक्ष माग गरेको छ ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री हिमााल कार्कीलाई पनि नेपाली कांग्रेस धनकुटाको प्रतिनिधि मण्डले धनकुटाका सवै वडा र टोलहरुमा सडक निर्माण तथा मर्मत र सिचाई,खानेपानी योजनाहरु संचालन गर्नका लागी ७५ वटा योजनाहरुको माग पेशगरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाको माग पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र भौतिक पूर्वाधार तथा विकास मन्त्री हिमाल कार्कीले धनकुटाको विकासका लागी सम्पूर्ण मागहरु क्रमश पुरा गर्दै जाने वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖