दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी

दिलकुमार लिम्बू/ताप्लेजुङ, १८ माघ । ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका-५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन् ।

भौगोलिक बनावटका हिसाबले अति दुर्गम गाउँमा पहिलो पटक गाडी पुग्दाखेरी स्थानीय समुदाय हर्षित भएका थिए भने उनीहरूले चालक र सो गाडीमा पुगेकालाई खादा ओढाएर स्वागत गरेका थिए । पुस्तौंदेखि गाडी देख्न नपाएका नागरिकमध्ये स्थानीय रिङ शेर्पाले आफ्नै गाउँमा गाडी पुगेको देख्न पाउँदा खुसी लागेको बताए ।

अब गाउँदेखि नै दैनिक रुपमा यातायात सेवा सञ्चालन हुने भएको र पापुङका समुदायलाई यातायात सुविधाका लागि राहत पुग्ने भएको शेर्पाले बताए । विगतमा एक दिन पूरै लगाएर आवश्यक सामग्री भरीयामार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी भइहालेमा पनि तत्काल अस्पताल पुर्‍याउनलाई समस्या रहँदै आएको थियो, तर अहिले गाउँमै गाडी पुगेपछि यस्ता समस्याका हल हुने भएको स्थानीय लाक्पाफुटी शेर्पाले बताए ।

‘गाडी चढ्नका लागि पाँच घण्टा पैदल हिँडेर मिक्वाखोला गाउँपालिका-४ साँबासम्म पुक्नुपर्थ्याे। तर, अबदेखि आफ्नै गाउँबाट गाडी चढ्न र आवश्यक सामग्री ढुवानी गर्न पाउने अवस्था बनेपछि खुसी भएका छौं,’ शेर्पाले भने ।

गाउँका नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी सडक निर्माणको योजनालाई अघि बढाएको मिक्वाखोला गाउँपालिका-५ का पापुङका वडाध्यक्ष डण्डु लामाले बताए ।

वडाध्यक्ष लामाका अनुसार उक्त सडक गाउँसम्म पुर्‍याउनका लागि गतवर्ष मिक्वाखोला गाउँपालिकाको एक करोड बजेट खर्च भएको थियो । यस्तै चालु आर्थिक वर्षमा पापुङ गाउँ, पालिका केन्द्र साँबा हुँदै सदरमुकामसँग सडक सञ्जालले जोड्ने योजनामा विनियोजित ७० लाख रुपैयाँ बजेट खर्च गरेर गाउँसम्म सडक पुगेको गाउँपालिकाले जनाएको छ ।

ताप्लेजुङमा नौवटा स्थानीय तह छन् । जसमा ६१ वडा रहेको छ । विगतमा नै ६० वटा वडाहरुमा सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । आइतबार मात्र मिक्वाखोला गाउँपालिका-५ पापुङमा सडक पुगेसँगै ताप्लेजुङको सबै वडामा यातायताको पहँज पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖