ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन, शिक्षककाे काँधमा वडा सचिवकाे जिम्मेवारी !

दिलकुमार लिम्बु/ताप्लेजुङ,१९ माघ । ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै गाउँपालिका निमित्तकाे भरमा छ ।

मिक्खोला गाउँपालिकाका पनि स्वास्थ्य शाखा प्रमुख ललित नारायण यादवकाे भरमा छ । उनले निमित्तकाे जिम्मेवारी सम्हालेकाे दुई महिना भयो ।भट्टराई र यादव मात्र होइन ताप्लेजुङमा नौ स्थानीय तहमध्ये ६ मा निमित्त प्रमुख प्रशासकीय छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै नयाँ नपठाउँ समस्या भएकाे हाे ।

मेरिङदेन गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीयविहीन छ । पाभीभरा याङवरक र सिदिङवा गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीयविहीन छ ।गत साता प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै सिरिजंगा गाउँपालिका पनि निमित्तकाे भरमा छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाजमा समस्या हुने गरेको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।स्थानीय तहमा नीति नियम र कानुन निर्माण गर्न समस्या हुने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । उनले भने, ‘अहिले स्वास्थ्य शाखा प्रमुखलाई निमित्त दिएका छाैं । स्वास्थ्य शाखा प्रमुखसँग स्वास्थ्य सम्बन्धि ज्ञान छ । तर, प्रशासन सम्बन्धि प्रर्याप्त ज्ञान छैन । त्यसैले गाउँपालिकाको प्रशानमा समस्या हुने गरेको छ ।’

योजना तर्जुमामा पनि समस्या हुने गरेको छ ।

छैनन् वडा सचिव पनि

६ वटा वडा रहेको गाउँपालिकामा कुनै पनि वडामा वडा सचिव छैनन् । ताप्लेजुङको सिरिजंगा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाएकाे छ ।

गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भइ नआञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाउन भएकाे हाे । गाउँपालिकाका विभिन्न सेवा समूहका ७ जना कर्मचारीको एकैपटक सरुवा भएको छ सिरिजंगा गाउँपालिका वडा सचिवविहीन छ ।

७ वटा वडा रहेको फक्ताङलुङ गाउँपालिकामा तीन जना मात्र वडा सचिव रहेको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले बताए । वडा सचिव नहुँदा स्वास्थ्थ क्षेत्रका अनमीलाई वडा सचिवको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

मिक्वाखोला गाँपालिका गत महिना वडा सचिव सुरुवा भएर गएसँगै पालिकामा कार्यरत अन्य कर्मचारीलाई वडा सचिव जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।