चलचित्र “तिमी कस्को…?” तेह्रथुममा छायांकन सुरु

तेह्रथुम, नेपाली चलचित्र “तिमी कस्को …?” छायांकन बुधबारदेखि तेह्रथुममा सुरू भएको छ । पाल्म फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा सुरू भएको चलचित्रको शुभमुहुर्त लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला पोखरेलले गरेकी छिन् ।

तेह्रथुमको पर्यटन प्रवर्द्धनलाई प्रमुख उद्धेश्य सहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारहरूलाई पनि प्रवर्द्धन गरिने चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए । उनका अनुसार युवाहरूलाई स्वदेशमै केही गर्न सकिने प्रेरणा चलचित्रले बोकेको छ ।

चलचित्रमा नायक प्रदिप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने र स्वहन प्रताप श्रेष्ठको मुख्य भूमिका रहनेछ भने नायिका हर्षीका श्रेष्ठ, रिहा श्रेष्ठ र प्रीतिका शर्माको अभिनयमा छायांकन सुरु भएको छ ।

देव महर्जनको द्वन्द निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरुमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू , तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत रहनेछन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शङ्खर लगायत छन् ।

चलचित्रको आकाश अकुले संगीत भरेका छन् भने कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन भने अर्जुन थापाको पटकथा र सम्बाद रहेको छ ।

चलचित्रको च्यारेटी-सोबाट सङ्कलित रकमको २५ प्रतिशत लालिगुरास नगरपालिका-९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । २४ बर्षिय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत छन् ।

चलचित्रको ८० प्रतिशत छायांकन सोल्मा मै गरिने र बाँकी काठमाडौ लगायत अन्य क्षेत्रमा हुने छ । चलचित्रको करिब १ महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖