आफैंले ह’त्या गरेर आमाको खोजतलास गर्न छोरा गएपछि…

काठमाडौं, २० माघ/गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’

निवेदका थिए- ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको) । उनीहरूले प्रहरी गुहारेको भनेको ९० वर्षीया आमा जगमाया श्रेष्ठको खोजतलासका लागि हो । निवेदनमा जगमाया हराएको भनिएको मिति दुई दिनअघि अर्थात् १२ माघको थियो । उनीहरूको घर पथरी–शनिश्चरे नगरपालिका-२ हो ।

निवेदन परेपछि प्रहरी अनुसन्धानमा जुट्यो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न नजिक पुग्ने ‘क्लु’ हरूको खोजी गर्छ नै । सोहीक्रममा स्थानीयसँग १४ माघमै प्रहरी टोलीले सोधपुछ गर्‍यो ।

डिएसपी श्रेष्ठ भन्छन्, ‘सोधपुछको क्रममा जग्गा विवाद आमा र छोरा कमलबीच रहेको कुरा स्थानीयबाट खुल्यो ।’ यही ‘क्लु’ को आधारमा प्रहरीको अनुसन्धान कमलतिर केन्द्रित गर्‍यो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कमलले दिएको बयान उद्धृत गर्दै डिएसपी श्रेष्ठले भने, ‘घटना भएको समय १२ माघ बिहान ४ बजे हो । वृद्धावस्थाकी आमा जगमायालाई उठाएर कमलले आँगनमा लगे । त्यहीँ घाँ’टी थि’चेर ह’त्या गरे । त्यसपछि प्लास्टिकमा पोको पारेर शव गाडीमा राखे । अनि, गाडीमा लगेर नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको घाटमा जलाए ।’

यसरी एउटा ‘क्लु’का आधारमा प्रहरी अनुसन्धान छोरा कमलतिर सोझियो र प्रारम्भिक अनुसन्धानको क्रममा ह’त्या घटना स्वीकारेको डिएसपी श्रेष्ठ बताउँछन् ।

उनका अनुसार घटनामा संलग्नता स्वीकारेपछि भने कमलले आमालाई जलाएको ठाउँमा प्रहरीलाई लगे । जहाँबाट आमाको जल्न बाँकी रहेको खप्पर र शरीरको पछिल्लो भाग प्रहरीले बरामद गरेको छ । बरामद खप्परसहित शरीरका अंगलाई परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।

घटनाको मूल कारण जग्गा विवाद रहेको खुलेको छ । ‘बुबाको नाममा १५ कट्ठा ९ धुर जग्गा रहेछ । उनको निधनपछि उक्त जग्गा कमलले सुटुक्क श्रीमतीको नाममा दर्ता गरेको खुल्न आएको छ । र, यो रहस्य थाहा पाएपछि आमा जगमाया र दाइले अदालतमा मुद्दा दर्ता गरेको र अदालतले आमाको नाममा पाँच कट्ठा जग्गा हुने भन्ने फैसला गरेको रहेछ’, डिएसपी श्रेष्ठ भन्छन्, ‘सोही कारण आमाको ह’त्या गर्न पुगेको देखिन्छ । थप कुरा खुल्दै जाला । हामी अनुसन्धानमै छौँ ।’

प्रहरीले जिल्ला अदालत मोरङबाट छोरा कमलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि १० दिनको म्याद थपको अनुमति पाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।