संखुवासभामा ट्रक दुर्घटना, चालकको मृ’त्यु

संखुवासभा, माघ २५ ।संखुवासभा खाँदबारी नगरपालिका ९ कत्ले भञ्ज्यांङ नजिक सभाखोलाको पुलमा ट्रक दुर्घटनाबाट चालकको मृ’त्यु भएको छ ।

हिजो बेलुका साँझ साढे ६ बजे खाँदबारीबाट सभाखोला तर्फ जाँदै गरेको प्र २-०३-००१ ख ४३० नमबरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । सो दुर्घटनाबाट घा’ईते भएका ट्रक चालक गोरखा का २४ बर्षीय मिलन मग्रातीलाई उद्धार गरि उपचारको लागी मनकामना हस्पिटल तुम्लिङटार पठाईएको थियो । घाईते मग्रातीको सोही अस्पतालमानै हिजै राती पौने ८ बजे उपचारको क्रममा मृ’त्यु भएको छ ।

ट्रकमा सवार सह-चालक सिन्धुपाल्चोक बाह्रबिसे का १९ बर्षीय सुजन तामाङ भने सामान्य रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।