छथर गाउँपालिकाद्वारा संरक्षक विहीन नागरिकलाई सिरक

प्रकाश पाक्साँवा/तेह्रथुम । जाडोका कारण संरक्षक विहीन नागरिकले कष्टकर जीवन बिताइरहनु परेको छ । विशेषगरी जाडो याममा ज्येष्ठ नागरिकलाई सकस हुने गरेको छ ।

आर्थिक रूपमा विपन्न परिवारका नागरिकलाई त झन् खानपानको जोहो गर्नै मुस्किल बन्दै गएको छ । यी र यस्तै समस्याले जीवन निर्वाह गर्दै आएकी छथर गाउँपालिका-२ आङदिमकी लक्की सेर्पालाई राहत मिलेको छ ।

छथर गाउँपालिकाले संरक्षक विहीन अवस्थामा रहेका ज्येष्ठ नागरिक, अति विपन्न, एकल पुरुष, महिला, असहाय नागरिकलाई राहत दिने उद्देश्यका साथ सिरक वितरण सुरु गरेको कार्यक्रमले सेर्पालाई राहत मिलेको हो । उनी भन्छिन्, ‘हिउँद सुरु भएपछि जाडोले काम गर्न मुस्किल छ । आफूले लगाउने लुगा जोहो गर्न पनि गाह्रो छ । हामी जस्ता नागरिकले सिरक पाउँदा न्यानो गरी निदाउन पाउने छौं ।’ लक्की जस्तै वाङछु सेर्पाले पनि सिरक पाइन् । उनलाई पनि जाडो राहत मिलेको बताइन् ।

गाउँपालिकाले हिमपातका कारण समस्या परेका संरक्षक विहीन, ज्येष्ठ नागरिक, एकल पुरुष, एकल महिला, आर्थिक विपन्न, असहाय तथा दीर्गरोगीलाई वितरण गर्ने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताए । उनका अनुसार गाउँपालिकाको सबै वडाका करिब ५ सय नागरिकलाई सिरक वितरण गर्ने तयारी भएको छ । केही समयअघि मात्रै घरैमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्दै स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गरेको थियो ।

गाउँपालिका साथी लौरो उपहार, देखि एकल पुरुष भत्ता वितरण गर्दै आएको गाउँपालिकाले दन्त उपहारलगायतका कार्यक्रम गर्दै आएको प्रवक्ता राजन नेपालीले बताए । नागरिकको समस्यामा स्थानीय सरकार पनि छ भन्ने आभास होस् भन्ने उद्देश्यका विगतका वर्षदेखि नै यी र यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।