उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, घाइते हुनेकाे संख्या २३ पुग्याे

उदयपुर, २७ माघ/उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।

आहाले रातापानीबाट उदयपुरगढीको नेपालटार धप्पर बिहेकाे जन्ती लिएर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनामा त्रियुगा नगरपालिका- १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर भएकाले जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको छ । त्रियुगा नगरपालिका-१६ तीनपानेका २६ वर्षीय सागर कोइराला, त्रियुगा नगरपालिका- १६ रातापानीका २२ वर्षीय दिपेन सुयाल, रौतामाई गाउँपालिका- ७ राजाबासका १८ वर्षीय सुस्मिता अछामे गम्भीर भएकाले विराटनगर रेफर गरिएको हो ।

त्रियुगा नगरपालिका- १६ आहाले रातापानीका बेहुला धिरेन रोक्का, बेहुलाका बुवा चन्द्रबहादुर रोक्का, नइन्द्र रोक्का, किशोर राई, शेरबहादुर मगर, दिनेश कर्माचार्य, जीवन बिक, मिलन बिक, केदार मगर, मोहनबहादुर मगर, भूपाल सार्की, सुनिल मगर, रवीन्द्र मगर, विदुर सार्की, दिवस रोक्का, टंकबहादुर सार्की, लोकबहादुर राई, अमृतबहादुर सार्की, दिलीप रोक्का, प्रदीप रोक्का, दुर्गबहादुर सार्की, मनोज दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।