गुल्मीमा भूमि आयोगले अझै पूर्णता पाएन

गुल्मी, २९ माघ/गुल्मीमा एक महिनासम्म राष्ट्रिय भूमि आयोगले पूर्णता पाउन सकेको छैन । आयोगको अध्यक्षमा राममल्ल ठकुरी नियुक्त भएका एक महिना पुगे पनि सदस्यको टुंगाे लागेको छैन ।

ठकुरी एकीकृत समाजवादीबाट अध्यक्ष भए । तर, अरु तीन सदस्य केन्द्रबाट मनोनित भएका छैनन् । बाँकी सदस्य अझै मनोनित नभएकाले पदेन सदस्यसहित आयोगका काम अगाडि थालिएको ठकुरीले बताए ।

अहिलेसम्म समितिले पूर्णता पाएको छैन । अघिल्लो आयोगबाट सबै कागजपत्र र प्रमाण हस्तान्तरण नभएकाे उनले बताए ।

ठकुरीले सदस्य मनोनित हुने बित्तिकै महत्वपूर्ण काम अगाडि बढाउने बताए । उनले अहिलेसम्म राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता, कोभिड र सदस्यको मनोनयनसँगै बजेटले केही अलमल देखिएको स्वीकार गरे ।

आयोगले पुनःआवेदन खुला गर्ने जनाएको छ । गुल्मीमा ४ सय ३५ भूमिहीन दलित, तीन सय ९० जना सुकुम्बासी र एक हजार चार सय ४४ जना अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको आयोगका सदस्यसचिव चुन्न प्रसाद ज्ञवालीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।