दलित आयोगले एक वर्षमा गरेका काम सार्वजनिक

उदयपुर, २९ माघ/राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति सजक रहँदै यस्ता समस्या समधान गर्न आयोग गठन भएको उनको भनाइ छ ।

आयोग गठन भएको एक बर्ष पूरा भै रहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रुपमा समावेश गरिएको उनले जनाएका छन् । शनिवार गाईघाटमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले एक बर्ष पूरा भई रहँदा आयोगका काम, कार्यविधिहरूलाई १६ बुँदा समेटेर प्रस्तुत गरेका छन् ।

आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण, नीतिगत कानुनी र संस्थागत सुधारका लागि सरकारलाई सिफारिस, जातीय छुवाछुत साथै विभेदको अन्त्य गर्न अनुगमनको काम अगाडी बढाएको उल्लेख छ ।

आयोगको बैठक सञ्चालन कार्यविधिको कार्यान्वयन, दलितहरूको विभिन्न घटना समस्याहरूलाई कार्वाहीको सिफारिस, दलितहरूको मुख्य समस्या र राष्ट्रियस्तरको ४३ वटा घटनाका उजुरी सम्बन्धमा आवश्यक छानबिनको लागि पत्र, राजनीतिक दलहरूमा दलित समावेशीका लागि पत्र, विभेदका घटना अन्त्यका लागि सचेतनामुलक कार्यक्रम जस्ता महत्वपूर्ण क्रियाकलाप गरीरहेको उल्लेख गरिएको छ ।

नेपालमा राष्ट्रिय दलित आयोग ढिलो गठन भएको समेत उनले जनाए । आयोग समयमै गठन नहुँदा दलितहरूको विभिन्न समस्याहरू संविधानमा लेख्न छुटेको समेत उनले जनाए । पहिल्यै आयोग गठन भएको भए दलितहरूले पछिल्लो समयसम्म विभेद भोगि राख्नुपर्ने अवस्था नआउने उनले जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।