तेह्रथुममा ‘तिमी कसकाे’ ? काे ८० प्रतिशत छायांकन

तेह्रथुम, २ फागुन । नेपाली कथानक चलचित्र तिमी कसकाे ? तेह्रथुममा छायांकन सकिएकाे छ । यस जिल्लाकाे पर्यटकीय क्षेत्रहरूमा ८० प्रतिशत छायांकन सम्पन्न भएको बताइएकाे छ । माघको दाेस्राे हप्ताबाट छायांकन सुरु भएको चलचित्र शनिबार तेह्रथुमको चोलुङ पार्कमा ८० प्रतिशत सम्पन्न गरी टोली आइतबार काठमाडौ फर्किएको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।

दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको चलचित्र तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे,सुजेपु तिनछाँगे झरना लगायत बिभीन्न स्थानहरुमा छायांकन भएको छ ।

चलचित्र नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले ‘सर्ट’ दिइरहेका थिए । देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन ।

चलचित्रमा आकाश अकुले संगीत भरेका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचत्रिमा अर्जुन थापाको पटकथा र सम्वाद छ ।
चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका-९ सोल्मा काडेका मिर्गौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । चलचित्र नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖