‘करार सम्झौता सदनबाट अनुमोदन हुन आवश्यक छैन’ :नेता खनाल

काठमाडौँ, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उक्त सम्झौता पेश गरिएपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले प्रारम्भमै नेपाली जनतालाई छलछाम गरेर ल्याइएको एमसिसी सम्झौतालाई संशोधन र परिमार्जन नगरी अघि बढाउँदा राष्ट्रियहितको पक्षमा नहुने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत खगराज अधिकारीले सत्तागठबन्धन नीतिहित, गतिहित र गन्तव्यहित यात्रामा अघि बढेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “एमसिसी अन्तर्राष्ट्रिय अनुदानका उल्लेख भएका विषयवस्तु गम्भीरतापूर्वक हेर्नुपर्ने अवस्था गठबन्धनबाटै भइ आएको हो, सडक र सदनमा विरोध गरेजस्तो गर्ने अनि सभामुखले टेबुल गर्नेजस्ता कार्य देशहित हुन सक्दैन । यो प्रक्रियामा हामी सामेल हुँदैनौँ ।” बाधा अवरोधबीच गरेको कार्यलाई टेबुल भएको मान्न नसकिने उहाँको टिप्पणी थियो ।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका सरकारले सदनमा दर्ता गराएको एमसिसीलाई सरकारको निरन्तरताका आधारमा वर्तमान सरकारले छलफलसहित निष्कर्षका लागि सदनमा पेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमसिसीबारे दलहरुबाट कुन कित्तामा रहने स्पष्ट धारणा आउन आवश्यकछ, विरोध पनि गर्ने समर्थनमा रहेजस्तो पनि देखिने नभई पक्षमा रहने वा विपक्षमा रहने प्रष्ट हुन आवश्यक छ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖