११ र १२ फागुनमा गर्ने भनिएकाे एमाले महोत्तरी अधिवेशन स्थगित

विशाल बस्नेत/महोत्तरी, १० फागुन । नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएकाे अधिवेशन स्थगित भएकाे छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएकाे एमाले महोत्तरीले जनाएको छ ।

आन्तरिक कलहका कारण पटक-पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो ।

प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले बुधबार (११ फागुन) हुने भनिएको अधिवेशन स्थगित भएको हो ।

‘भोलि निर्धारण गरिएको अधिवेशन हुन नसक्ने देखिएको छ । अब प्रदेश र केन्द्रसँग समन्वय गरेर पुन: गृहकार्य गर्छौं,´ केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भने ।

यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागि परेको एक पक्षको आरोप छ । अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।