झापाका दिनेश सिग्देलका ह,त्यारा प,क्राउ
इनरुवा, ११ फागुन । झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा प,क्राउ परेका छन् । ह,त्या गरेको आरोपमा प्रहरीले दुई जनालाई प,क्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । सुनसरीको धरान–४ स्थित जङ्गलमा वि,भत्स किसिमले ह,त्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको श,व भे,ट्टिएको थियो । प,क्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो । प्रेमीसँग मिलेर श्रीमान्को ह,त्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा श,व हालेर फ्याँकिएको पाइएको थियो । योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको ह,त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिनुभयो ।
गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भे,टिएको थियो । त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले ह,त्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो । सिग्देलकी जेठी श्रमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई प,क्राउ गर्न सफल भएको हो । दुवै जनाले सिग्देलको ह,त्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्.. गलेश्वर, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले सङ्घीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्डस्टोर बनाउन लागेको हो ।गाउँपालिकाको ‘एक गाउँ, एक उत्पादन’ अभियानअन्तर्गत भगवतीमा सङ्घीय सरकारले रु ५० लाख र गाउँपालिकाले रु ५० लाख गरी एक करोड लागतमा कोल्डस्टोर निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले जानकारी दिनुभयो । कोल्डस्टोरका लागि प्राविधिकको टोलीका वडा कार्यालय नजिक एक रोपनी जग्गा व्यवस्थापन भएकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)पछि बोलपत्र प्रक्रियामा जाने प्रमुख भण्डारीले बताउनुभयोे । “यहाँ उत्पादन भएको कृषि उपजलाई भण्डारण गरी सिधै बजारमा लैजान सकिन्छ, कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राख्ने योजनासहित चिस्यान केन्द्रको निर्माण गर्न लागिएको हो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले, भगवती, बेगखोलाकाले धेरै प्रयोग गरे पनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिकाका सबै वडाका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । त्यस्तै पाखापानीमा सङ्घीय र गाउँपालिकाको गरी रु २२ लाख लागतमा एक वर्षभित्र सम्पन्न गर्ने गरी पोट्रेवल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ ।भौगोलिकरूपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गले क्षेत्रका कृषकलाई लक्ष्य गरी पाखापानीमा बनाउन लागिएको कोल्ड च्याम्बर एक वर्षभित्रमा उक्त निर्माण गरिने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोरको डिजाइन स्टिमेटको काम अगाडि बढेकाले अगुवा कृषकसमेत उत्साहित छन् । कोल्डस्टोर बनेपछि कृषिजन्य वस्तु, फलफूलअन्तर्गत सुन्तलालाई उचित तापक्रममा लामो समयसम्म राखेर बेमौसमी सिजनमा बजारमा पु¥याउन सकिन्छ ।
सिजनमा उत्पादन गरेर बिक्रीको तुलनामा बेमौसममा कोल्डस्टोरमा राखेर बिक्री गर्दा चार गुणाभन्दा बढी फाइदा हुन्छ । गाउँपालिकाले कृषकको उत्पादन भएको स्थानबाट कोल्डस्टोरसम्म ढुवानी तथा स्टोर सञ्चालनमा सहज हुने गरी कोषसमेत बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।उहाँले कृषकलाई ढुवानी र भण्डारमा सहज हुने गरी सघाउनेसमेत बताउनुभयो । रघुगङ्गामा उत्पादन हुने कृषि र फलफूल करिब छ महिनासम्म कोल्डस्टोरमा राखेर बजारमा लैजान सकेमा पनि कृषकको उत्पादन र आम्दानी वृद्धि हुने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । कोल्डस्टोरमा राखिएको वस्तुको स्वाद र गुणस्तर ताजा नै हुन्छ र उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ ।
चिस्यान केन्द्रकै कारण छिमेकी जिल्ला मुस्ताङको स्याउलाई फागुन, चैत महिनामा समेत खान पाइएको छ भने निर्धारित समयमै कोल्डस्टोर बनेमा रघुगङ्गामा उत्पादन हुने कृषि र फलफूलजन्य वस्तुसमेत बेमौसमी सिजनमा प्रयोग गर्न पाइने छ । यस अगाडि बेनी नगरपालिकामा आवश्यक भए पनि स्थान छनोटमा जनप्रतिनिधिबीच नै विवाद भएपछि कार्यान्वयन भएको थिएन भने अन्य स्थानीय तहले समेत चर्चा गरे पनि जिल्लाका अन्य स्थानीय तहमा चिस्यान केन्द्र बनाउन सकेनन् ।


