पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को उपाधि गायन तर्फ लिम्बु र नृत्य तर्फ मगर-गुरुंगलाई
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा सम्पन्न गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को अन्तिम चरण सम्पन्न भएको छ ।
जसमा गायन तर्फ ईलामका चोत्लुहाङ्ग लिम्बु प्रथम,संखुनासभाका जुनकला राई द्वितिय र ईलामकै योगेन्द्र शिवाले तेस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरि नृत्य तर्फ तेह्रथुमका रोश्मी मगर र विशेष गुरुंगले संयुक्त रुपमा पहिलो स्थान,झापाका अंकित र लुसान दोस्रो र झापाकै कुसुम लिम्बुले तेस्रो स्थान हात पार्न सफल भएका छन् ।
धनकुटा सदरमुकामको सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा चौंथो चरणको छनौटबाट उत्कृष्ट गायन तर्फ १६ जना र नृत्य तर्फबाट १८ जनाले अन्तिम प्रतिष्पर्धा गरेका थिए।
कार्यक्रमको निर्णायकहरुमा गायन तर्फ अशोक मुकारुंग,जुनि खालिंग राई र प्रबिण बिसी ,नृ्त्य तर्फ विनु शाक्य,युसिन यस्माली मगर र सुजन योगी रहेका थिए ।
कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य अन्जना ताम्लीले गर्नु भएको थियो। दुबै बिधाका बिजेतालाई २ लाख बराबरको स्कुटी साथै गीत रिकार्डिंग र म्यूजिक भिडियोमा खेल्ने अवसर प्रदान गरिने कार्यक्रम संयोजक सुमन योगीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथिमा संविधान सभा सदस्य अन्जना ताम्ली तथा सरस्वती युवा क्लबका अध्यक्ष अजय रोशन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको छायांकन yatri broz(प्रनेश राई-डिबी लिम्बु),मदन कुमार लिम्बु तथा मेरो गन्तब्यले गरेको थियो ।


