यी हुन् यो वर्षका उत्कृष्ट सात नगरपालिका

काठमाडौं, २९ फागुन । नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ ।

नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।

संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएको थियो ।

सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा उत्कृष्ट ठहर भएको छ निलकण्ठ नगरपालिका ।

यस्तै वन, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो ।

स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ । हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ ।

सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।