झ’डपमा प्रहरीकाे मृ’त्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू

विराटनगर, ७ चैत । यौ’न दु’र्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको ‘झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेकाे हाे ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरे ।

कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौ’न दु’र्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएकाे भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि याै’न दु’र्व्यवहार गरेकाे आराेप छ ।

सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छु’रा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए । उनलाई काेसी‍ प्रादेशिक अस्पताल लगिएकाे थियाे । तर, चिकित्सकले मृ’त घाेषणा गरे ।

घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घा’इते भएका थिए । स्थानीय पनि सात जना घाइते भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।