म्यादी प्रहरीमा भर्ना हुन युवाको आर्कषण

संखुवासभा, ७ चैत । सरकारले स्थानीय चुनावको घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ । छोटो अवधिका लागि मागिएको म्यादी प्रहरी बन्नका लागि संखुवासभामा पनि युवाकाे भिड लाग्न थालेको छ । म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै लाइनमा बस्नेहरूको भिड हुन्छ । शैक्षिक प्रमाणपत्र भए पनि रोजगारीको उचीत व्यवस्था नभएका कारण ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि युवा तँछाडमछाड गरिरहेका छन् ।

स्थानीय निर्वाचनका लागि संखुवासभामा ९४४ संख्या माग भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । म्यादी प्रहरीका लागि आइतबारबाट भर्ना सुरु गरिएको डिएसपी सुवेदीले बताए ।

९४४ म्यादी प्रहरीका भर्ना हुन लागि बिहान ९ बजेदेखि नै युवायुवती भिड लाग्ने गरेको उनले बताए । बेरोजगारी भएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका- ४ का जितमा गुरुङले बताए । घरमा बेरोगार भएर बस्नुभन्दा छोटो अवधिका म्यादी बन्न आवेदन दिएको गुरुङले बताए ।

कोरोाना कारण बैदेशिक रोजगारमा जान सक्ने अवस्था नभएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको खाँदबारी नगरपालिका -११ का सीताराम गुरुङले बताए । उनी गत वर्ष बैदेशिक रोजगारबाट फर्किएपछि आफु बेरोजगार भएको म्यादी प्रहरीका भर्ना हुने आएको उनले बताए ।

त्यस्तै बेरोजगार समस्या र अनुभवका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका-१ कि जानुका राईले बताइन् । पढाई खर्च जुटाउन म्यादी प्रहरीमा हुन आएको मकालु गाउँपालिका गाउँपालिका-४ बैधेकी अनिता तामाङले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।