१४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार

खोटाङ, डिभिजन वन कार्यालय खोटाङले जिल्लाका १४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ । सामुदायिक वनमा लाग्ने डढेलो तथा आगलागी नियन्त्रण गर्ने प्रयोजनका लागि डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाका १० र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४ वटा सामुदायिक वन उपभोक्ता समूहलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको हो ।

सामुदायीक वन उपभोक्ता महासंघ खोटाङको माग बमोजिम डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाको सल्ले, ठूलोपाखा, अँधेरी खहरे, नमुना, मड्केला, चैनपुर, नौलापाखा, खोटाङपाखा, दुवेनी र आइतबारे सामुदायिक वन तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बसुवा, खहरे चाङताङ, खमारे र उर्लेनी भिरपाखा सामुदायीक वन लगायतको वनमा लागेको डढेलो नियन्त्रणमा उपयोगका लागि औजार प्रदान गरेको हो ।

डढेलो लागेकोबेला स्थानीय सामुदायिक वन उपभोक्ता समूहले प्रयोग गर्न पाउनेगरी प्रतिपालिका नाै थान फायर स्वाटर, सात थान रेक, चार थान रेक हु, चार थान बेल्चा, चार थान मास्क, ६ थान पञ्जा, पाँच थान हेल्मेट, तीन थान एक्स हु प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघको खोटेहाङ गाउँपालिका अध्यक्ष दिलीप राई र महासंघको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष विरेन्द्रप्रसाद रायलाई अग्नि नियन्त्रक औजार हस्तान्तरण गरिएको छ । डिभिजन वन अधिकृत भिमबहादुर कालिकोटे, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राई र निजी पारिवारिक वन संघका जिल्ला अध्यक्ष गंगाधर कार्कीले अग्नि नियन्त्रक औजार हस्तान्तरण गरेका थिए ।

गत ६ चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ६ वटा सामुदायिक वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।