ट्याक्टर दुर्घटना हुँदा राईको मृ’त्यु, ३ जना घाईते
ताप्लेजुङ, चैत्र १३ । ताप्लेजुङको फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ त्यु भएको छ भने ३ जना घा ईते भएका छन् । मृ त्यु हुनेमा फुङलिङ नगरपालिका-८ का २८ बर्षीय रुपेश राई रहेका छन् ।
हिजो बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमानै राईको मृ त्यु भएको हो भने ३ जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् ।
घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घाईतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्याएको हो भने घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल
काठमाडौं, १३ चैत/मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दैछ ।
खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाई क्लबविरुद्ध जित निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ ।
थाई लिगमा २६ खेल खेल्दा चोनबुरी ४० अंकसहित पाँचौं स्थानमा छ । उसले ११ खेलमा जित निकाल्दा सात खेल बराबरी गरेकाे छ भने आठ खेलमा हार बेहोरेको छ ।
यसअघि नेपाल थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० अन्तरले पराजित भएको थियो । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलको तयारी लागि थाइल्यान्ड भ्रमणमा निस्किएको हो । छनोटको समूह ए मा रहेको नेपालले कुवते, इन्डोनेसिया र जोर्डनको सामना गर्नेछ ।


