सूचनाको हक उल्लंघन गर्नेमा स्थानीय तह अगाडि

खोटाङ । राष्ट्रिय सूचना आयोगले सबैभन्दा बढी स्थानीय तहबाट सूचनाको हक कार्यान्वयन नभएको पाइएको जनाएको छ । आयोगले आइतबार दिक्तेलमा आयोजना गरेको सूचनाको हक र यसको कार्यान्वयन: अन्तरक्रिया कार्यक्रममा आयोगका सचिव भागिरथ पाण्डेयले माग गरेको सूचना नपाएको भन्दै सबैभन्दा बढी उजुरी स्थानीय तह विरुद्ध परेको जानकारी दिए ।

स्थानीय तहबाट सूचना नपाएको भन्दै आर्थिक वर्ष २०७६/०७७ मा ५३१ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ५४५ वटा उजुरी परेको आयोगका सचिव पाण्डेयले बताए । माग गरेको सूचना नपाएको ३५ दिनभित्र आयोग समक्ष पुनरावेदन दिन सकिने व्यवस्था अनुसार उजुरी परेको हो ।

यस्तै, बैंक तथा वित्तीय संस्था (आर्थिक) सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा ७० र आर्थिक वर्ष २०७७/०७८ मा ३२ वटा, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा ५ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा, कानुन, न्याय तथा प्रशासन सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा ५६ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ३१ वटा उजुरी परेको छ ।

आयोगका अनुसार शिक्षा, स्वास्थ्य तथा खेलकुद सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा ९४ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ५६ वटा, खानेपानी, विद्युत् तथा यातायात सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा १० वटा र आर्थिक वर्ष २०७७/०७८ मा २० वटा, संस्थान तथा प्राधिकरण सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा ११ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा, जग्गा, मालपोत, भूमि, वन तथा कृषि सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा ३४ वटा र आर्थिक वर्ष २०७७/०७८ मा १३ वटा उजुरी परेको छ ।

गैर–सरकारी संस्था तथा अन्य संस्था सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा २०१ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ३१ वटा, प्रहरी तथा सुरक्षा निकाय सम्बन्धी आर्थिक वर्ष २०७७/०७८ मा ११ वटा र पर्यटन सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा १ वटा उजुरी परेको जानकारी दिइएको छ ।
सूचनाको हकले विकास सम्भव: सूचना आयुक्त ओली

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले सूचनाको हकको कार्यान्वयनले मात्र देशको विकास सम्भव हुने बताएकी छन् । सूचनाको हक र यसको कार्यान्वयन: अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा आयुक्त ओलीले जनतालाई जगाउन र सरकारलाई घचघच्याउनका लागि सूचनाको हकको भूमिका महत्त्वपूर्ण हुने बताएकी हुन् ।

सर्वसाधारण सुसूचित भए मात्र नागरिक सर्वोच्चता कायम हुने आयुक्त ओलीको भनाई थियो । ‘प्रजातान्त्रिक देशमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका हुन्छ । सरकारलाई पारदर्शी र जबाफदेही बनाउन यसको खास महत्त्व छ,’ आयुक्त ओलीले भनिन्, ‘सूचना माग्नुस्, आउनुस्, कानुनले दिनमिल्ने सूचना लुकाउनुपर्ने कारण नै छैन ।’

सूचनाको हक सम्बन्धी कार्यक्रममा बोलाइएको भए पनि जिल्लाका स्थानीय तहका प्रतिनिधिको भने अनुपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।