इलाममा चियाको पहिलो टिपाइ सुरु

मङ्गलबारे, २१ चैत । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ ।

जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु मात्र भएको छ । दुई पात एक सुइरो भएको चिया टिप्न सबैभन्दा राम्रो मानिन्छ ।

गएको कात्तिकदेखि बाँझी बसेको चिया पुनःपलाउन थालेसँगै चिया टिपाइ सुरु भएको हो । यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारीसमेत थालेको बताइएको छ । केही कारखानाले उत्पादनसमेत सुरु गरेका छन् ।

यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदूरको कार्य व्यस्तता अहिले ह्वात्तै बढेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाइ छिट्टै थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।

यस वर्ष समयमा नै पानी परेकाले चिया किसानसमेत हर्षित छन् । जिल्लाका लेकाली क्षेत्रमा भने अझै पूर्णरुपमा चिया पलाउन सकेको छैन । गर्मी बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै चियापत्ती टिपाइ सुरु गरेका हुन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖