त्रिभुवन विमानस्थलबाट बेवारिसे अवस्थामा अमेरिकी डलर बरामद

काठमाडौँ, ११ वैशाख । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरामद डलर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । (रासस)

मनोनयनको पहिलो दिन ठूला दलले गरेनन् उम्मेदवारी दर्ता
बलेवा, ११ वैशाख (रासस) : स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलले १० वटै स्थानीय तहमा उम्मेदवारी दिएका छैनन् ।

उम्मेदवार टुङ्गो नलाग्दा नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी नदिएका हुन् । आज केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसान बने । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा एमालले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाउन नसक्दा मनोनयन रोकिएको हो । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालले उम्मेदवारी दर्ता गरेको छैन ।

सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी नेकपा एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले पनि सर्वसम्मत उम्मेदवार टुङ्गो लागेको स्थानीय तहमा एमालेले उम्मेदवारी दर्ता नगरेको हो । पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोका क्षेत्री, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । वडा नं ६ मा राप्रपाका यामबहादुर क्षेत्री, वडा नं ९ मा मङ्गोलियन नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिनुभएको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाको उपप्रमुखमा तारादेवी रिजालले उम्मेदवारी दिनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । ढोरपाटन नगरपालिकामा रापपाका नीमबहादुर भण्डारीले मात्रै उम्मेदवारी दिनुभएको छ । काठेखोला गाउँपालिका–५ बिहुँको वडाध्यक्षमा होमनाथ कँडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

जिल्लाको तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कसैको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन अधिकृतले बताउनुभयो । बडिगाड गाउँपालिका–५ को अध्यक्षका लागि राप्रपाका शङ्खर खरेल र वडा सदस्यमा सीता आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।