खोटाङमा निर्वाचन आचार संहिता उल्लंघन गर्दै दल

खोटाङ । खोटाङका राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेका हुन् ।

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरित मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका छन् । साविकको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पशल तथा होटल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएका छन् । दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झण्डा झुण्ड्याइएका छन् ।

दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ । बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएका छन् ।

निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि दिक्तेलबजारमा साउण्ड सिस्टम जीपमा राखेर घन्काउँदै ओहोर–दोहोर गराएको देखिन्छ । पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको सुनिन्छ । कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ । पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी राजेश गौतम बताउँछन् ।

पूरा भएन झण्डा हटाउने प्रतिवद्धता

निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार सबै दलका प्रतिनिधिलाई बोलाएर बैठक राख्यो । बैठकमा उपस्थित दलका नेताले मंगलबार बिहान १० बजेसम्ममा यत्रतत्र राखिएका झण्डा हटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । तर प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरेर फर्किएका दलले हालसम्म बजारका निर्वाचन सामग्री हटाएका छैनन् । “हिजो ६ दललाई बोलाएर निर्वाचन सामग्री हटाउन बचनबद्ध गराइएका थियौं । उहाँहरुलाई मंगलबार बिहान १० बजेसम्मको दिएका थियौंँ,” मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले भने, “दलकातर्फबाट हटाउछौं भन्ने कमिटमेन्ट पनि भएको थियो । अहिले के के गर्दैछन् । हटाउँदै होलान् ।”

दिक्तेलबजारमा यसअघि राखिएका दलका झण्डा हटाउन लगाइए पनि पुःन पार्टीको चुनाव चिन्ह अंकित झण्डा राखिएको पाइएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।