केपी ओलीले गफमा विद्यावारिधि गरे :माधव नेपाल

चितवन, २२ वैशाख । एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले गफमा ओलीले विद्यावारिधि गरेको टिप्पणी गरेका हुन् ।

‘ओलीले गफमा विद्यावारिधि गरेका छन् । झुटको पुलिन्दा छर्न सक्छन् । समयमा बुझ्नु भएन भने फुर्सदमा पछुताउनु पर्ला,’ उनले भने, ‘यहि भरतपुरमा २०६२ को जनाअन्दोलनको जुलुसको अगुवाइ गरेको थिएँ । अहिले पनि केपी ओलीको प्रतिगमनविरुद्ध एकतावद्ध नभएको भए संविधान कागजको खोस्टोमा परिणत हुने थियो ।’

एमालेको आवश्यकता र औचित्य सकिएको दाबी गर्दै एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका नेपालले भने, ‘एमालेमा फर्सी फलाएको मैले नै हो । तर, त्यो फर्सी कुहिसकेको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सान हुने गरि कोही लाग्न हुँदैन ।’

रेणु दाहालले भरतपुरको विकासको लागि अघि बढ्न मेयरमा उम्मेदवारी दिएको भन्दै उनले भने, ‘भरतपुरमा दुई मत छैन । रेणु दाहाल विकासको लागि अघि बढ्ने मेयर पाएका छौँ भन्छन् जुन मान्छेलाई सोध्दा पनि । नमुना नगरको रुपमा भरतपुरलाई विकास गर्नु छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।