ईलाममा निर्माणाधिन भवनबाट लडी १ जनाको मृ’त्यु
ईलाम, बैशाख २३ । ईलामको सुर्योदय नगरपालिका-१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडी १ जनाको मृ त्यु भएको छ ।
हिजो बेलुका ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका वारा जितपुर नगरपालिका-५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा वुधवारे स्थित सिटि हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृ त्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।


