कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल

अर्घाखाँची, २४ वैशाख । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो ।

शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्ष रचना बुढाथोकी, सहसचिव राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि।क।, नारायण प्रसाद दमासेलाई चयन गरेको छ ।

अधिवेशनमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्र्मचारी आफैमा सुन्दर अनि साझा फुलवारी रहेको उल्लेख गर्दै रचनात्मक काम गर्न आग्रह गरेका थिए । घिमिरेले कर्मचारी र सेवाग्राही विचको सम्वन्ध कायम गर्न मिलनकेन्द्र सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

सचिव गणेशराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रम, निवर्तमान अध्यक्ष विनोद खनालको अध्यक्षता र रवी अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖