हुम्लामा पाँच महिला मतदान अधिकृत

हुम्ला, २५ वैशाख । स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतकाे जिम्मेवारी दिइएकाे छ ।

डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका-७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट-६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका-३ को रलिङ मावि मतदान केन्द्र, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा नाम्खा गाउँपालिकाको मोतीराम प्रावि मतदान केन्द्र, नापी कार्यालयकी सुधा सापकोटा सिमकोट गाउँपालिका-५ को भीमसेन मावि मतदान केन्द्रको जिम्मेवारी पाएका छन् ।

मतदानका लागि २१ प्रतिशत महिला परिचालन गरिएको र महिला मतदान अधिकृतको रूपमा खटिएका मतदान केन्द्रमध्ये चार वटा केन्द्रका लागि कार्यालय सहयोगीबाहेक अन्य सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।

सिमकोट-५ मा रहेको भीमसेन मावि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाइएको बताए ।

निर्वाचनका लागि जिल्लामा २ सय ५४ जना कर्मचारी परिचालन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।