नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

काठमाडौँ, २५ वैशाख । नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सारिएको छ ।

पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकारसामु सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता तोकिएको छ । ‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’, ‘हाम्रो सम्पदा हाम्रो सम्पत्ति’, ‘सिङ्गो नगर एक विद्यालय’, ‘पारदर्शिता र सुशासन हाम्रो अभियान’, ‘हाम्रो रहरः सुन्दर, हराभरा र सम्पन्न नगर’, ‘फोहर मलाई मोहर तपाईँलाई’ आदि नाराका साथ नगर स्वच्छ, समृद्ध, सुसंस्कृत र सभ्य बनाउन पार्टी प्रतिनिधिलाई मतदान गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

नागरिकमैत्री कानुन बनाइने, स्वास्थ्योपचार सहयोग कोषमार्फत जटिल रोगमा तथा विपन्न नागरिकलाई स्वास्थ्य, शिक्षालगायत विषयमा विशेष सहयोग गरिने, ज्येष्ठ नागरिक मनोरञ्जन क्लब सञ्चालन गरिने, महिला सशक्तीकरण गरिने, स्वच्छ सफा खानेपानी उपलब्ध गराइने, पानी प्रशोधन केन्द्र निर्माण गरिने, सामुदायिक वनमा उन्नत जातका फलफूलका बिरुवा लगाइने, रोजगारी सिर्जना गरिने, व्यवस्थित र वातावरणानुकुलित यातायात सेवा सञ्चालन गरिने, उज्यालो टोल कार्यक्रम चलाइने, नगरस्तरीय पर्यटन र खेलकुद विकास समिति गठन गरिनेलगायत कार्यक्र्रम घोषणपत्रमा समेटिएको छ ।

त्यस्तै रुद्रमतीमाथि पुल उद्यान निर्माण गरिने, नमुना बस्ती निर्माण तथा वैज्ञानिक भवन निर्माण मापदण्ड लागु गरिने, पार्किङको दीर्घकालीन योजना बनाइने, सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षण गरिने, सिर्जनाग्राम बनाइने, व्यावहारिक तथा वैज्ञानिक कर–शुल्क लागु गरिने, सहकारी संस्थाको सबलीकरण गरिने, लघुउद्यम व्यवसाय तथा निजी सार्वजनिक साझेदारीलाई प्रोत्साहन गरिने, नगर योजना परिषद् गठन र वरिपरिका नगर गाभेर महानगर स्थापना गर्न सिफारिस गरिने, कुनै एक वडालाई छनोट गरी समाजवादी नमुना कार्यक्रम सञ्चालन गरिने, भूमिहीन तथा सुकुम्बासीका समस्या समाधान गरिने जस्ता बुँदा पनि दूरगामी लक्ष्य तथा कार्यक्रममा समेटिएको छ ।

सो अवसरमा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले पार्टी नगर कमिटीको प्रतिबद्धतापत्रमा सबै दलले लागु गर्न सकिने विषय रहेको जनाउँदै यसलाई काठमाडौँ र अन्य स्थानीय तहले पनि प्रयोग गर्न सक्ने जिकिर गर्नुभयो ।

पार्टीका तर्फबाट नगर प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा भइरहेको भ्रष्टाचार शून्य बनाइने दृढता व्यक्त गर्दै आफू विजयी भएमा बूढानीलकण्ठ मन्दिर प्रवद्र्धन तथा कपन क्षेत्र डुबानरहित बनाउन गौरवका आयोजना ल्याइने र मनोरञ्जन, हरियाली क्षेत्र जस्ता विशेष पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उपप्रमुखका उम्मेदवार प्रमिला सापकोटाले आफ्नो विजयपछि ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई विशेष ध्यान दिइने वचन दिनुभयो ।

पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा घोषणापत्र तयारी समितिका संयोजक कुमारप्रसाद ओझाले घोषणापत्र सार्वजनिक गर्दै अनुभवका आधारमा घोषणापत्रका सबै बुँदा वित्तीय, कानुनी र व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सकिने जिकिर गर्नुभयो भने पार्टी सल्लाहकार तथा समितिका सदस्य विष्णुप्रसाद शर्मा पराजुलीले सञ्चारग्राम, पत्रकार बिमा, तालिम–प्रशिक्षण–पुरस्कार जस्ता विषयबाट पत्रकारलाई समेटिने स्पष्ट गर्नुभयो । समितिका सदस्य अशोक पाण्डेले पार्टीले नगरका वडा नं ५, ७, ८ र १० वडामा अन्य दलसँग तालमेल गरी बौद्धिक र सक्षम उम्मेदवार खडा गरेको जिकिर गर्नुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।