निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो

सिन्धुपाल्चोक, २६ वैशाख । सिन्धुपाल्चोमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागु गर्न थालेको हो ।

निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्बव पुडासैनी सहितको टोली, सुरक्षाकर्मीलगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेकाे पार्टीका झन्डा तथा चुनाव चिह्न हटाउन सुरू गरिएको हो ।

सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायत स्थानमा राखेको झन्डा हटाइएको छ । निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा, पोष्टर निर्वाचन चिन्ह टास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको जिल्ला मुख्य निर्वाचन अधिकृत विकास शर्मा रिजालले जानकारी दिए ।

जिल्लामा क्रियाशिल दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफल समेत गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । पटकपटक निर्वाचन आचारसंहिता पालना गर्न राजनितिक दलहरूलाई ताकेता गरे पनि कार्यान्वयन नभएको आयोगले जनाएको छ ।

बजार क्षेत्र लगायतका सार्वजानिक स्थानमा राखिएको झन्डा ब्यानर हटाएको छ । यस्तै, सार्वजानिक तथा निजी गाडीमा राखेको झन्डासमेत प्रहरीले निकाल्न लगाएको छ ।

यसअघि बैठकमा निर्वाचन आचारसंहिता पालना गर्ने दलहरूले प्रतिबद्धता जनाएका थिए । सिन्धुपाल्चोक जिल्लामा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिह्न प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन नियमानुसारभन्दा धेरै सवारीसाधन प्रयोग सिन्धुपाल्चोकका प्रमुख आचारसंहिता उल्लङ्घनका क्रियाकलाप हुन् ।

सिन्धुपाल्चोकमा यसअघि विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।