कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

ताप्लेजुङ, २६ वैशाख । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृ तक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए । मृ तकको शव उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिनुभयो ।

किर्तिपुरलाई नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता
काठमाडौँ, २६ वैशाख (रासस) : किर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा किर्तिपुरवासीका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अत्यन्त न्यून शुल्कमा शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका नकर्मीले भन्नुभयो, “म उम्मेदवार बन्दै गर्दा किर्तिपुर नगरपालिकाका सबै वडामा स्वास्थ्य, खानेपानीका लागि ‘एक घर एक धारा’ को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

देशका विभिन्न स्थानीय तहमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरुबीच गठबन्धन भए पनि किर्तिपुरमा कांग्रेस र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदरवार तथा अन्य पार्टीले भने एक्ला–एक्लै उम्मेदवारी दिएका छन् ।

कांग्रेस र जसपा संयक्तु प्यानलका उपप्रमुखका उम्मेदवार शुभलक्ष्मी शाक्यले नगरपालिकाभित्र सञ्चालित किर्तिपुर अस्पताल र विष्णुदेवी अस्पतालको सतरोन्नती तथा त्रिभुवन विश्वविद्यालय हाताभित्र सञ्चालित आयुर्वेद अस्पतालमा विशेष छुट को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिबद्धता पत्रमा भनिएको छ, “प्रत्येक वडामा सम्भव भएसम्म खेल मैदान वा कभर्ड हलके निर्माणमा विशेष पहल गर्नुका साथै नगरक्षेत्रमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान गरी उनीहरुको प्रोत्साहनका लागि उच्च सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖