मतदान केन्द्रमा पठाइए निर्वाचन सामग्री

खोटाङ, २७ वैसाख । स्थानीय तह निर्वाचनका लागि खोटाङका मतदानस्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ । ३० वैशखमा हुने निर्वाचनका लागि सुरक्षाकर्मी र कर्मचारीका साथमा मतपत्र, मतपेटिका, स्वस्तिक चिन्ह, मतदाता नामावली लगायतका निर्वाचन सामग्री पठाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र अन्य निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत मतदान स्थल र मतदान केन्द्रमा पठाइएको हो । १० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमार्फत मतदानस्थल र मतदान केन्द्रमा मत पेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, नङमा लाउने मसी, छेकाबार, लाहा छाप, पोलबुक, सुरक्षण सिल, मैनबत्ती, मत पेटिका स्टिकर, मतदाता नामावली, मतदाता परिचय–पत्र पठाइएको छ । यस्तै, रबर म्याट, स्टाप्लर, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, प्राथमिक उपचार बाकस, सेनिटाइजर, निर्वाचन निर्देशिका, अनुसूचि, स्टेसनरीका सामान पठाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।