पाँचथरका जिसस प्रमुखविरुद्ध कांग्रेस कार्यकर्ता कुटाएको आरोप

पाँचथर, २९ वैशाख । पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटामाथि कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ ।

२३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका–६ मा कांग्रेसका कार्यकर्ताहरू कुटपिट गराएको सापकोटालाई आरोप लागेको हो ।

सापकोटाको घर सोही गाउँपालिकामा पर्छ । मौन अवधि छँदै गएराति सोही गाउँपालिकाको वडा नम्बर १, २ र ३ का एमालेका कार्यकर्ताहरू ल्याएर कांग्रेस कार्यकर्ताहरूलाई कुटपिट गराएको उनीमाथि आरोप लागेको हो ।

उनलाई मतदाता प्रभावित पार्न पैसा बाँड्न लगाएको पनि आरोप लागेको छ । तर, सापकोटाले भने दुवै आरोप अस्वीकार गरेका छन् । उक्त गाउँपालिकामा एमाले तुलनात्मक रूपमा अन्य दलभन्दा बलियो छ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लीन स्वीप’ गरेको थियो । तर, २०७६ को मंसिर १४ गते भएको उपनिर्वाचनमा भने उक्त गाउँपालिकाको वडा नम्बर–७ मा कांग्रेसले जितेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।