दमक नगरपालिका प्रमुखका उम्मेदवार थापा बिरामी,अस्पताल भर्ना

झापा, २९ वैशाख । राप्रपा, कांग्रेस र माओवादीसहितको गठबन्धनबाट दमक नगरपालिकाका प्रमुख उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना भएका थिए ।

तर, अस्पतालमा भिडभाड भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको संयुक्त गठबन्धनका नगर प्रचार संयोजक तथा माओवादी नेता शंकर बस्नेतले जानकारी दिए । धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको बस्नेतले जानकारी दिए ।

यद्यपि उनी आजै डिस्चार्ज हुने बताए । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उनले बताए । ‘अहिले इन्जेक्सनले काम गर्छ भन्ने डाक्टरको सल्लाह छ,’ उनले भने, ‘अब निर्वाचनलगत्तै अपरेसन हुन्छ ।’ निर्वाचनको प्रचारमा धपेडीका कारण उनी बिरामी परेका थिए । उनलाई पेट दुखेपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖