खोटाङमा शान्तिपूर्ण मतदान

खोटाङ, ३० वैशाख । खोटाङमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । हालसम्म सबै मतदान केन्द्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले पनि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए । पाँच वर्षमा एक पटक आउने मतदानमा सर्वसाधारणको उल्लासमय सहभागीता रहेको छ ।

१० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा जिल्लाका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदान स्थलको सुरक्षार्थ । प्रत्येक पालिकामा शसस्त्रको तीन वटा र नेपाल प्रहरीको दुई वटा मोबाईल टोली परिचालन गरिएको छ । प्रत्येक मतदान स्थलमा ८ देखि १८ जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । यसबाहेक प्रत्येक पालिकामा नेपाली सेनाको अलग स्टेशन समेत बनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।