नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित

लमजुङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष बनेका हुन् ।

प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत मात्र पाए ।

कोन्जो तेन्जिङ यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो ।

उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा यसअघि नै निर्विरोध भएकाे मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।

नार्पाभूमिमा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।