धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता
धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।
अहिले हर्क साम्पाङले ३३ मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी-एकीकृत समाजवादीको गठबन्धनकाे तर्फबाट कांग्रेसका उम्मदेवार किशोर राईले ३१ र एमाले उम्मदेवार मञ्जु भण्डारीले १६ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिका पनि स्वतन्त्र उम्मदेवार बालेन शाहको अग्रता रहेको छ ।
चौबिसे गाउँपालिका वडा १ अध्यक्षमा गठबन्धबाट कांग्रेसका श्रेष्ठ बिजयी
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका श्री कृष्ण श्रेष्ठलाई पराजित गरेका छन् । एमालेका श्रेष्ठले ४८६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि पछिल्लो परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ५०८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले ४६४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ४५४ र एमालेका टंकमाया पांग्मीले ५०९ मत प्राप्त गरेका छन् ।


