खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दिक्तेल, ३ जेठ । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् ।

उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

सायलमा कांग्रेसका जोशी विजयी
डोटी, ३ जेठ (रासस) ःडोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा सोही पार्टीका निर्मला बोहरा ओली विजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार जोशीले तीन हजार २४३ र उहाँका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार २४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ओलीले दुई हजार ९३७ र उहाँका प्रतिस्पर्धी एमालेका विष्नादेवी सिंहले दुई हजार १५४ मत प्राप्त गर्नुभएको छ । छवटा वडामध्ये पाँच वटामा कांग्रेस र एउटा वडामा एमाले वडाध्यक्षमा विजयी भएका छन् ।

जोरायलमा एमाले विजयी

जिल्लाको जोरायल गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत टीकाराम ढकालका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नुभएका दुर्गादत्त ओझाले तीन हजर ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपककुमार विष्टले तीन हजार ४१२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन ५९९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्राकुमारी साउदले तीन ५१७ मत प्राप्त गर्नु भएको छ ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)का किरण मल्लले एक हजार ६५९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)का प्रेमाकुमारी ओलीले ८३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नं १ बाट वडाअध्यक्षमा एमालेका जगतबहादुर मल्ल, वडा नं २ बाट एमालेकै वीरबहादुर दर्लामी, वडा नं ३ बाट कांग्रेसका नवीन ओझा, वडा नं ४ बाट एमालेका नन्दलाल भट्ट, वडा नं ५ बाट कांग्रेसका ध्वजबहादुर देउवा तथा वडा नं ६ बाट एमालेका गणेश बोहरा विजयी हुनुभएको छ । उक्त पालिकामा जम्मा मतदाता सङ्ख्या १३ जहार ३१५ रहेकामा नौ हजार २६९ मत खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖