दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार निर्वाचित

खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवारी विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको यस नगरमा कांग्रेसका तीर्थराज भट्टराई प्रमुख र माओवादी का बिसन राई उपप्रमुखमा विजयी हुनुभएको हो ।

भट्टराईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कुमार आचार्यलाई चार हजार ३९३ र बिसनले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिनुभयो । भट्टराईले एघार हजार ३८९ मत ल्याएर विजयी हुँदा आचार्यले छ हजार ९९६ मत र बिसनले १० हजार ४३८ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी विणादेवीले सात हजार ३१९ मत ल्याउनुभएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जीवनकुमार श्रेष्ठले नगर प्रमुखमा ४०५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ४८ मत तथा राप्रपाबाटै उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’ले ५६६ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिनुभयो । नगरप्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भएको यस नगरपालिकाको अधिकांश वडामा एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो ।

पन्ध्र वडा रहेको यस नगरपालिकाको प्रमुखमा अघिल्लो निर्वाचनमा एमालेबाटै दीपनारायण रिजाल विजयी हुनुभएको थियो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह तथा सबैको ध्यान केन्द्रित हुने यस नगरपालिकाको तीनवटा वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं ३ बाम्राङमा महेन्द्रकुमार राई, वडा नं ८ दोर्पा बुवालुङमा लीलाकुमार चौहान र वडा नं १४ बुइपामा दिनेश राई निर्वाचित हुनुभएको हो ।

वडा नं १ दिक्तेलमा चार दलीय गठबन्धनबाट कांग्रेसका नवराज राई, वडा नं २ सोल्मामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका ध्रुवकुमार राई, वडा नं ४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई, वडा नं ५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, वडा नं ६ नेर्पामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका माधव राई, वडा नं ७ दोर्पा चिउरीडाँडामा कांग्रेसका हरि चौलागाइँ, वडा नं ९ निर्मलीडाँडामा माओवादीका दिनेश कठायत विजयी हुनुभएको छ । यस्तै, वडा नं १० पाथेकामा माओवादी र जनता समाजवादीबाट जनता समाजवादीका मुगाधन राई, वडा नं ११ खार्मीमा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट जनता समाजवादीका इखबहादुर राई, वडा नं १२ जालपामा माओवादीका दानबहादुर राई, वडा नं १३ नुनथलामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका भगेश्वर राई र वडा नं १५ विजयखर्कमा कांग्रेस, माओवादी , जनता समाजवादी र एकीकृत समाजवादीपार्टीबाट कांग्रेसका रामबहादुर कटवाल वडाध्यक्षमा विजयी हुनुभएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।